हेटौंडा । मकवानपुरका अधिकांश स्थानमा आइतबार दिउँसोसम्म लाइन जाने भएको छ । नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले सूचना जारी गरि ८ वटा फिडरबाट प्रवाह हुने लाइन बन्द हुने जनाएको हो ।
रंगशाला फिडर र पालुङ वितरण केन्द्रबाहेक सबै क्षेत्रमा लाइन जानेछ । जस अनुसार पालुङ र हेटौंडाको गौरीटार, नागस्वती, कमाने, हेटौंडा औद्योगिक क्षेत्रमा मात्रै लाइन आउने जनाइएको छ ।
प्राधिकरणका अनुसार हेटौंडा ग्रिड सवस्टेशन १३२/६६/११ केभी सबस्टेशनको ११ केभी ब्रेकर, बसवार र अन्य आवश्यक मर्मत सम्भार गर्नु पर्ने भएकाले विहान ६ बजेदेखि १२ बजेसम्म लाइन कटौती हुने जनाइएको छ ।








