धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । अस्पतालका सूचना अधिकारी बिक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षण गर्दा अस्पतालमा कार्यरत १० जना र बिहिबार गरिएको परिक्षणमा ३ जना गरी अस्पतालका १३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
सूचना अधिकारी बिकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्दै अस्पतालले सबै किसिमका सेवाहरु प्रवाह गरिरहेको जानकारी दिदै उपचार तत्काल गर्नुपर्ने अति आवश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराई कोभिड १९ संक्रमणको जोखिम कम गर्नको लागि सहयोग गर्न समेत अनुरोध गरेका छन् ।








