काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली बैठक सकेर शितलनिवास पुगेका हुन् । लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न पुग्नुलाई अर्थ पूर्ण रुपले हेरिएको छ ।








