काठमाडौं । नेपालमा शनिबार थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा थप सात जनामा कोरोना पोजेटीभ देखिएको स्वास्थय मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमित हुनेमा उदयपुर भुल्केका रहेका छन् । १८, ४५ र ६४ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै कपिलवस्तुका तीन १७ र दुई १८ वर्षीय किशोरमा संक्रमट पुष्टि भएको हो। एक जना भने पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुष हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय ९ पुगेको छ ।








