चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गर्ने ७८९ सवारी साधनलाई कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट सोमवार ५३८ वटा दुई पाङ्ग्रे र २५१ वटा ठुला सवारी साधनलाई कारबाही गरिएको हो ।
यस्तै निषेधाज्ञा उल्लंघन गर्दै आवश्यक रुपमा हिडडुल गर्ने १ हजार ७०२ जना मानिसहरुलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये १ हजार २३ पुरुष र ६७९ महिला छन् । उनिहरुलाई नियन्त्रणमा लिई एक घण्टा होल्ड गरिएको थियो ।
निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट आज मात्रै ६५ हजार २०० रुपैयाँ राजस्व संकलन गरिएको चितवनका प्रहरी प्रवक्ता, डिएसपी सरोज गिरीले बताए । धेरैलाई सम्झाई बुझाई छाडिएको तर अटेर गर्नेलाई भने जरिवाना गरिएको डिएसपी गिरीले बताए ।








