चितवन । कालिका नगरपालिकाले एन्टीजेन्ट किटबाट कोरोना भाइरसको परिक्षण गर्ने भएको छ । कोरोना संक्रमण तिब्र रुपमा फैलिएसंगै नगरपालिकाले फेरी कोरोना परिक्षण गर्न थालेको हो ।
कालिका नगर अस्पतालले प्रत्येक सोमबार र बिहिबार एन्टीजेन्ट किटबाट परीक्षण गर्नेछ । कोभिड–१९ रोगको संक्रमण रोकथामका लागि आपतकालिन रुपमा लक्षण तथा रोगको प्रकृतिको आधारमा परीक्षण गरिने नगरपालिकाले जानकारी दिएको छ ।
तर, परीक्षणका लागि चिकित्सकको सिफारिस अनिवार्य चाहिने बताईएको छ ।









