काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित केही नेता पनि बुढानिलकण्ठ पुगेका छन् । उनीहरुबीच छलफल जारी छ । ओली विश्वासको मत माग्न देउवाकोमा पुगेको बुझिएको छ ।
मंगलबार मात्र देउवाले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र एमालेकै माधव नेपालसँग छलफल गरेका थिए। मंगलबार बसको कांग्रेस पदाधिकारी बैठकले ओलीको विश्वासको मतको विपक्षमा जाने निर्णय गरिसकेको छ।








