काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








