काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमति बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिए । बिहिबार बालुवाटारमा स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न .शीतल निवास पुगेका थिए ।
त्यसपछि ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । यो नियमित बैठक भएको र कुनै विशेष एजेन्डा नभएको ती मन्त्रीले बताए ।








