• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चौधरी उद्योग ग्राममा प्रशासनको अनुगमन, चाउचाउ उत्पादन गर्ने ठाउँमा दुरी कायम गरेको पाइएन

  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।   पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौली स्थीत चौधरी उद्योग ग्राममा बिहीबार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रकाश मल्ल सहितको टोलीले अनुगमन गरेको हो । कोभिड – १९ संक्रमणका समयमा उद्योगभित्र स्वास्थ्य मापदण्ड पालना नभएको भन्ने जनगुनासो आएपछि आफुहरुले उद्योगमा अनुगमन गरेको प्रजिअ पंगेनीले बताउनुभयो । टोलीले चाउचाउ र बीयर उत्पादन स्थलको अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा चाउचाउ उत्पादन गर्ने ठाउँमा दुरी कायम गरेको नपाईएको तर , अन्य स्थानमा स्वास्थ्य सर्तकता अप्नाएर काम गरेको पाईएको प्रजिअ पंगेनीले जानकारी दिनुभयो । ‘हामिले जनगुनासो धेरै आएपछि उद्योगलाई कुनै जानकारी नदिकनै अनुगमन ग¥यौँ तर , बाहिर आएको जस्तो धेरै कुरा पाएनौ , चाउचाउ प्याकिङ्ग गर्ने ठाउँमा अलि भिडभाड देखियो । त्यसलाई व्यवस्थापन गर्न भनेका छौ । उद्योग प्रशाशनले प्रतिबद्धता जनाएको छ, व्यवस्थापन गर्छौ भनेर । ’ प्रजिअ पंगेनीले भन्नुभयो ।

    भारत लगायत बाहिरबाट सामान बोकेर आउने सवारीका कारण जोखिम रहेको भन्ने गुनासो समेत आएको थियो । ‘हामिले अनुगमनका क्रममा सबै सवारीलाई सेनिटाइज गरेर मात्रै भित्र जान दिएको पायौ । तसर्थ म स्थानीयलाई धेरै त्रसित नहुन आग्रह गर्छु । महामारीका बेलामा आतङ्कीत पार्ने नभई सही सुचना दिएर संयम भएर काम गर्न समेत आग्रह गर्छु । ’ प्रजिअ पंगेनीले जिल्लाका सबै उद्योगहरुको अनुगमन गरिने समेत बताउनुभएको छ ।

    संक्रमणको दर दिनानुदिन बढ्दै गएको र उद्योग कलकारखानामा जोखिम झनै बढी हुने हुँदा सर्तकता अप्नाउन आवश्यक रहेको उहाँले बताउनुभयो । अनुगमन नगर्ने हो भने लापरवाही समेत हुन सक्ने भएको हुँदा अनुगमनलाई निरन्तरता दिने उहाँले बताउनुभयो । चौधरी उद्योगग्राममा अहिले करीब २ हजार जना कामदारले काम गर्दै आएका छन् । मासमा काम गरेर समुदायमा घुलमिल हुँदा जोखिम बढ्ने सक्ने भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।

    उद्योगका सिनियर जि.एम. रामभक्त केसीले धेरै संख्यामा कामदार रहेपनि कोभिड – १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सर्तकता अप्नाउदै दुई सिफ्टमा काम भईरहेको जानकारी दिनुभयो । उहाँले सिफ्ट परिवर्तन हुँदा भिडभाड हुने भएकाले पन्ध्रदेखि बीस मिनेट फरक पारेर सिफ्ट परिवर्तन गरेको बताउनुभयो । टाढाका कामदारलाई उद्योग आफैँले सवारीको व्यवस्था गरेको र नजिकका कामदारलाई साईकलमै एक जना मात्रै आउन जान निर्देशन गरेको उहाँको भनाई छ ।

    कामदारलाई ल्याउँदा छोड्दा थर्मल गनले ज्वरो नाप्ने , सेनिटाइजरको प्रयोग गर्ने र मास्कको अनिवार्य प्रयोग गर्न भनिएको उहाँले बताउनुभयो । उद्योगभित्र समेत यी सावधानी अप्नाईएको उहाँले बताउनुभयो । साथै यदि कोहि संक्रमित भईहालेमा आइसोलेन समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

    उद्योगभित्रै ७० वेडको आइसोलेन तयारी राखिएको र आवश्यक परेमा अक्सिजन समेत तुरुन्तै व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ । जिल्लामा निषेधाज्ञा भर्खर जारी भएकाले कामदारको व्यवस्थापन गर्नेक्रममा रहेको हुँदा केही कमजोरी देखिएपनि , अनुगमन टोलीले निर्देशन गरे अनुसार भौतिक दुरी कायम राख्ने काम पनि व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.