काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको छलफलमा विश्वासको मत सम्बन्धी प्रस्ताव असफल बनाउने तर अविश्वासको प्रस्ताव तत्काल दर्ता नगर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागि कांग्रेस नेता बालकृष्ण खाँडले अविश्वासको प्रस्ताव ल्याइहाल्नुपर्ने अवस्था नरहेकोले प्रस्ताव ल्याउनपर्ने नदेखिएको बताए । विश्वासको मत नपाए प्रधानमन्त्री पदमुक्त हुनुहुन्छ र नयाँ सरकार गठनका लागि बाटो खुल्छ’, खाँडले भने ।
खाँडले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार नै गठन गर्न राष्ट्रपतिले आह्वान गर्ने विश्वास समेत व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेसले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउदैं आएको थियो ।








