काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिलेकाहीँ देशको आवश्यकता एकातिर र सदनको गणित एकातिर हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आफूले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मलाई लाग्दैन सदनमा मैले विश्वास प्राप्त गर्दिनँ ।
कुरा सुन्दा हो कि हो कि लाग्यो । कहिलेकाहीँ यस्तो हुन्छ, देशको आवश्यकता एकातिर सदनको गणित एकातिर’ उनले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत दिए यो सरकार र सदन पाँचै वर्ष चल्ने पनि बताएका छन् । ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, मत दिनुस्, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ?’ उनले भने ।
हाल झुट बोलेर देशलाई कलहतिर लैजाने परिस्थिति नभएको बताएको पनि उनले बताएका छन् । ‘अहिले कोभिड–१९ बाट देश गुज्रिरहेको छ । देशमा तनाव बढाउने, अनेकतातर्फ देशलाई लाने, वैमनस्यता र कलहतिर लाने परिस्थिति हैन’ उनले भने ।








