काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ८ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








