काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोलामा एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








