हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ६ का एकजना ब्यक्ति भरुवा बन्दुक पड्किएर गम्भिर घाईते भएका छन् । घाइते हुनेमा बकैया – ६ का २२ वर्षीय जिवन घिसिङ रहेका छन् ।
स्थानीय सृजना सामुदायिक बनमा सिकार खेल्न भन्दै अबैध रुपमा राखेको भरुवा बोकेर हिडेका घिसिङ आफैले बोकेको बन्दुक पड्कदा शरिरको दाहिने कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गोली लागेर घाईते भएका उनलाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल ल्याईएकोमा यहाँ उपचार नहुने भएपछि उनलाई आजै चितवन पठाईएको प्रहरीले जनाएको छ ।








