चितवन । नारायणगढ मुग्लिन सडक अन्तर्गत ट्रक र ट्रयाक्सी आपसमा ठोक्किदा तीनजना घाईते भएका छन । घाईते हुनेमा ट्याक्सीमा सवार चालक पुष्पराज तिमिल्सिना, सोही ठाउंँ बस्ने भवानी श्रेष्ठ र लक्ष्मी श्रेष्ठ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाराबाट काठमाडौं तर्फ गईरहेको बा १ घ ६३० नम्बरको नेपाल वन निगमको दाउरा लोड भएको ट्रकले विपरीत दिशाबाट आइरहेको बा २ ज ४१६२ नम्बरको ट्रयाक्सीसंँग भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा आज पौने २ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएका उनीहरुको पूरानो मेडिकल चितवनमा उपचार भईरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।








