काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
रामेछाप घर भइ भक्तपुरमा बस्दै आएका २७ वर्षीय सशस्त्रका ती जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ती युवाको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको छ ।हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।








