चितवन । करिब पौने तीन घण्टाको फरकमा नेपालमा ५ रेक्टरस्केल बढीका दुई वटा भूकम्प आएका छन् । आज बिहान ५ः४२ बजे जमलुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टरस्केलको पहिलो भूकम्प आएको थियो भने करिब पौने तीन घण्टापछि सोही स्थानलाई केन्द्रविन्दु बनाएरु बिहान ८ः२६ पुनः दोस्रो पटक भूकम्प आएको छ ।
दोस्रो भूकम्पको धक्का ५.३ रेक्टरस्केल मापन गरिएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए । करिब तीन घण्टाको फरकमा पाँच रेक्टरस्केल बढीका दुई वटा भूकम्प एउटै स्थानलाई केन्द्रविन्दु बनाएर जाँदा यसबाट धेरै नै क्षति भएको हुनसक्ने बताइएको छ ।
दोस्रो पटक आएको भूकम्पको धक्का लमजुङ, कास्की, गोरखा, तनहूँ, चितवन, नवलपुर, धादिङ, काठमाडौँलगायतका जिल्लाहरुमा महसुस गरिएको छ ।








