काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिपतिमाथि विपक्षीले आक्रोश पोखेको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने काम भएको बताए । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे ।
‘राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुण्ठा अथवा के हो यो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं । प्रधानमन्त्रीमाथि ल्याउन अविश्वासको प्रस्ताव,’ ओलीले भने ।








