काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापिय क्षेत्रको प्रभाव रहेको छ ।
महाशाखा अनुसार हाल देशका पहाडी भु-भागमा आंशिक बदली रहेको छ र तराईका भु-भागमा सामान्यतया सफा रहेको छ। ।
यस्तो छ आजको मौसम
२०७८ जेठ ८ गते (शनिबार)
दिउँसो: प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि तराईका भू-भागमा आंशिक बलदी रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।








