काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४३ पुगेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्ति अनुसार रुपन्देहीमा १२ जनामा संक्रमण देखिएको छ। जसमा ९ जना पुरुष र ३ जना महिला छन्। कपिलवस्तुमा थप ८ जना पुरुषमा संक्रमण देखिँदा पर्सामा दुई पुरुष र एक महिलामा संक्रमण देखिएको छ। नवलपरासीमा समेत एकजनामा संक्रमण देखिएको छ। बुधकार दिउँसो कपिलवस्त र बाँकेमा एकरएक जनामा कोरोना संक्रमण देखिएको थियो।








