काठमडौँ । मौसम पुर्वानुमान महाशाखका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ र तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








