• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

मल नहुँदा किसान चिन्तित

  •   मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    परासी । निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा पश्चिम नवलपरासीका किसानहरू चिन्तित बनेका छन्। विगतका वर्षहरूमा किसानहरूले मलको अभाव झेल्दै आएका थिए। तर अहिले जिल्लामा मल उपलब्ध भए पनि निषेधाज्ञाका कारण वितरण हुन सकेको छैन। मल पाउन हुन नसक्दा धानको बीउ राखेका किसानहरू मर्कामा परेका छन्।

    अहिले जिल्लाका सबैजसो किसानहरूले धानको बीउ राखिसकेका छन्। समयमा मल नपाउँदा उत्पादनमा समेत कमी आउने भन्दै किसानहरू चिन्तित छन्। ‘पटकपटक मलका लागि पालिका र सहकारी संस्थामा गयौं। मल नै आएको छैन भनेर फर्काउने गरेका छन्।’ सुस्ता गाउँपालिका–५ का किसान वसन्त कुर्मीले भने। विगतमा मल अभाव हुँदा किसानहरूले भारतबाट ल्याउने गरेका थिए। अहिले सीमा नाका बन्द भएकाले विकल्प पनि नरहेको प्रतापपुर गाउँपालिकाका किसान नारायण भरले बताए। ५/७ दिनभित्र मल नपाए बीउ हुर्किन नपाउने रामग्राम नगरपालिकाका किसान रामजी गुप्ताले बताए।

    जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जसमध्ये ८० देखि ९० प्रतिशत किसानले धानको बीउ राखिसकेको कृषि ज्ञान केन्द्रकी कृषि प्रसारक अधिकृत एवम् सूचना अधिकारी मनीषा पौडेलले जानकारी दिइन्। समयमा मल नपाए उत्पादनमा कमी आउने उनको भनाइ छ। किसानहरूलाई अहिले डीएपी मलको आवश्यक छ। पयाप्त नभए पनि तत्कालका लागि किसानहरूलाई आवश्यक पर्ने मल रहेको र निषेधाज्ञाले वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लि. परासी शाखाका प्रमुख खडानन्द बञ्जाडेले बताए।

    जिल्ला प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ। निषेधाज्ञामा सम्पूर्ण पसल, व्यवसाय र बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द छन्। कम्पनीसँग अहिले ६ सय टन डीएपी र साढे ५ सय टन युरिया मल छ। कम्पनीले जिल्लाका ५५ वटा सहकारी मार्फत मल वितरण गर्दै आएको छ। ‘बैंकहरू बन्द छन्। सहकारीहरूले रकम जम्मा गर्न पनि समस्या छ। अर्कोतर्फ मल वितरण गर्दा किसानहरूको भीड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने भएकाले पनि समस्या आएको छ।

    प्रशासनले पनि अनुमति दिएको छैन’ बञ्जाडेले भने। निषेधाज्ञा अवधिभर मल वितरण गर्ने अवस्था नरहेको र त्यसपछि प्रशासनको अनुमतिमा मल वितरणको व्यवस्था गर्न सकिने बञ्जाडेको भनाइ छ। किसानहरूलाई बीउ र मल लैजानका लागि रोकतोक नगरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए। सुरक्षित तरिकाले मल वितरणका लागि छलफल गरी किसानहरूको समस्या समाधानतर्फ लाग्ने प्रजिअ मिश्रको भनाइ छ। आजको अन्नपूर्णपोस्टमा खबर छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.