काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब थपिने निषेधाज्ञामा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा गरिएको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेलगायत बारेमा बैठकले निर्णय गर्नेछ । ‘‘अबको निषेधाज्ञामा जतिसक्दो भिडभाड कम गरी निषेधाज्ञाको पालना गर्न सक्यौँ भने कोरोना नियन्त्रण गर्ने आँकलन गरेका छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘बिहानको समयमा तरकारी पसलमा केही भिडभाड देखिएको छ ।
उक्त तरकारी पसलको भिडभाड कसरी कम गर्ने भन्नेबारे छलफल हुनेछ ।”








