काठमाडौं । गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सूस्ता पूर्व (बसूपू)मा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर कोभिड १९ अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ बस्ने ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ। भने गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ पुगेको छ। जसमध्ये दुई जना उपचारपछि घर फर्किसकेका छन्।








