काठमाडौँ । बुधवार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।








