नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य ७०० रुपैयाँले बढेर ९४ हजार २ सयमा कारोबार भएको छ ।
यसअघि बुधबार सार्वजनिक विदाका कारण सुनचाँदी मूल्य यथावत रहेर मंगलबारकै मूल्य अनुसार ९३ हजार ५ सयमा कारोबार गरिएको थियो । त्यस्तै चाँदीको मूल्य नेपाली बजारमा आज स्थिर छ । चाँदीको मूल्यमा एक हजार ३ सय ५० मा कारोबार भएको छ ।








