काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताउनुभयो ।
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडक आन्दोलनमा जान नसकिएको बताउनुभयो ।
उहाँले अहिलेको सरकारको कारण संविधानमाथि हस्तक्षेप र बलात्कार भएको बताउनुभयो । देउवाले भन्नुभयो “अहिले सरकारले गरेको कार्य बिरुद्ध ‘साथीहरू सडकमा जाऔँ, आन्दोलन गरौँ भनिरहेका छन्, मैले रोकेर राखेको छु, यस्तो वेला जनताको जिउज्यानलाई जोखिममा पार्नुहुँदैन । जनताको जीवन ठूलो कुरा हो ।
जीवनरक्षा पहिलो कुरा हो ।” उहाँले पार्टी १४औँ महाधिवेशनको तयारीमा रहेकाले आफ्नो कारणले महाधिवेशन भएन भन्ने कुरा कुनै हालतमा आउन नदिने बताउनुभयो ।








