काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटन भएपनि सरकारले अध्यादेशमार्फत जेठ १५ गते नै बजेट ल्याउन लागेको छ ।
आजको मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपतिले स्वीकृति प्रदान गरेपछि अपराह्न ४ः०० बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।








