काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
बैठक केहीसमय अघिबाट जारी छ । प्रतिनिधि सभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको स्रोतले बताएको छ । उक्त मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङलगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन् । साथै बैठकमा सत्तारुढ नेकपा एमालेकै असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र भीम रावल पनि सहभागी भएको बताइएको छ ।








