देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको रातामाटे सुन्दरवस्ती नमुना गाउँमा देवघाटको सँस्कृति झल्किने भवनको आज देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरद्वारा शिलान्यास गरिएको छ।
सो भवनको शिलान्यास गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरले “हाम्रो सँस्कृति हाम्रो पहिचान” भन्ने मुल नारा सहित देवघाट गाउँपालिकामा पहिलो पटक वडा नम्बर ५ मा नमुना संकृति झल्कने भवन बन्ने उहाँले बताए।साथै पछिल्लो समय हाम्रो धर्म,संकृती,भेषभुषा, भाषा र मौलिकता लोपहुदै गइ रहेको हुँदा यसको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए।कोरोना भाईरसको महामारीको बेलामा पनि न्युन व्यक्तिहरूको उपस्थितिमा सामाजिक दुरी कायम गरि सो साँस्कृतिक भवनको शिलान्यास गरिएको थियो।
सो संकृति झल्कने भवन करिब एक रोपनी क्षेत्र फलमा बन्ने छ भने भवनको बीचमा आगो बाल्ने अगेना र अगेनाको उत्तर र दक्षिण तर्फ महिला पुरुष बस्ने अलग अलग स्थान रहने र पच्क्षीम तर्फ भने नाचगान गर्ने स्थान रहने छ। सो भवनमा संस्कृति अनुसार दोहोरी,कौराह,झ्याउरे,सालैजो,कृष्ण चरीत्र,घाटु,जस्ता कलाहरु सो संकृति भवन हेर्न पाइने छ।साथै हस्तकला मार्फत निर्मित विभिन्न सामाग्रीहरू हलो, डालो , चकटी, सोलि, मादल,खैजडि लगाएत सम्पूर्ण संस्कृतिको झल्को दिने खालको सामग्रीहरू पनि राखिने छ।
कार्यक्रममा इलाका प्रहरी कार्यलयका इन्चार्ज सुशील लामिछाने , राष्ट्रिय लोकदोहिरि कलाकार बालबिक्रम थापामगर,रातामाटे युवा क्लबका उपाध्यक्ष बिसाल मगर,रातामाटे युवा क्लबका बिष्णु थापामगर लगाएतको उपस्थिति रहेको थियो भने रातामाटे सुन्दरवस्ती नमुनाका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।








