काठमाडौँ । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने भएको छ । सोमबार राति बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
आइतबार राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेको थियो। त्यसपछि शिक्षा मन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा थिए । गत वर्ष पनि एसइई आन्तरिक मूल्यांकनका आधारमा भएको थियो ।








