चितवन । ब्लड डोनर्स सोसाइटी चितवनले माडिमा राहतस्वरुप खाद्यान्न वितरण गरेको छ। सोसाइटीले सन्चालन गरेको निशुल्क खाद्यान्न संकलन तथा बितरण अभियानको १२ औ दिनमा माडि नगरपालिका वडा न ०८ का ३५ चेपाङ घरपरिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेको हो।
बितरण कार्यक्रममा माडि नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल , ०८ वडा अध्यक्ष कृष्ण राज अधिकारी लगायतको उपस्तिथि रहेको थियो । सोहि अवसरमा मेयर ढकालले सो कार्यक्रम समय सान्दर्भिक रहेको भन्दै आगामि दिनमा सस्थालाइ आवस्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
अभियानले १२ दिनसम्म करिव ७०० सडक मानबहरुलाइ निशुल्क खाना खुवाएको थियो र ९० परिवारलाइ राहत बितरण गरेको छ , साथै सोसाईटिले वेवारिसे पशुपन्छिलाइ फलफुल समेत खुवाएको कार्यक्रम सम्योजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
आफ्नो यो अभियानले यो अति बिपन्न परिवारको अबस्थालाइ केहि राहत महशुस गराउन सकोस भन्ने सोसाइटीको ऊदेश्य रहेको छ। साथै सो कार्यक्रमलाई मिसन टु सपोट नामक अभियानको समेत सहयोग रहेको थियो ।








