• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

  •   शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

    छलफलमा सहभागी अधिकांश नेताले पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् । ‘पार्टी एकताका लागि प्रधानमन्त्री इमानदार हुनुहुन्न, एकता वार्ताको नाममा अल्मल्याउने काम मात्रै भएको छ । आफू कमजोर भएको बेला वार्ताको नाटक गर्ने र अलि ठीक भएपछि कारबाहीको नाटक सुरु गर्ने देखिएको छ,’ केन्द्रीय सदस्य पन्तले राजधानीस“ग भनिन्, ‘वास्तवमा उहाँ पार्टी एकताको पक्षमै हुनुहुन्न ।’ बैठकमा धारणा राख्ने अधिकांश नेताले पार्टी पुनर्गठन गरेरै अघि बढ्दा ‘राम्रो हुने’ सुझाव दिएको उनले सुनाइन् ।

    ओली पार्टी एकताका लागि इमानदार नभएको निष्कर्ष

    सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि पार्टीलाई २ जेठ २०७५ कै नेतृत्व, कमिटी, विधानअनुसार अगाडि बढाउनुपर्ने र त्यसयताका निर्णय खारेज गर्नमा अध्यक्ष ओली सहमत नभए वार्ता गरिराख्नुको ‘कुनै अर्थ नभएको’ अर्का केन्द्रीय सदस्य राजेन्द्र राई बताउ“छन् । ‘पार्टीको ९औं महाधिवेशनबाट निर्वाचित नेतृत्व, पारित विधान र प्रणालीअनुसार माओवादी केन्द्रस“ग एकता हुनुअघिको अवस्थामा ओली नफर्किए पार्टी पुनर्गठन गरेर अगाडि बढनुपर्छ,’ राई भन्छन्, ‘आफ्नो स्वार्थअनुसार अगाडि बढ्ने, विधि, विधान नै लत्याउने ओली असफल भएकाले प्रधानमन्त्रीबाट तुरुन्तै राजीनामा दि“दा राम्रो हुन्छ ।’

    बैठकमा ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’अनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट ओलीले राजीनामा दिनुपर्ने मागसमेत उठेको राई बताउ“छन् । पार्टीलाई सही रूपमा अघि बढाउन १०औं महाधिवेशन तयारीमा जुट्नुपर्ने सुझावसमेत उनले दिए । बैठकमा वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतले धारणा राखेका छन् । पार्टी एकताका लागि जारी अनौपचारिक छलफलबारे जानकारी गराउँदै उनीहरूले एकता निमित आफ्ना तर्फबाट इमानदारीसाथ पहल भइरहेको बताएका छन् ।

    विष्ट, भट्टराई, पाण्डेसहितका नेताले अनौपचारिक रूपमा भइरहेको वार्तालाई लिएर ‘अपवाह’ फैलाउने काम भइरहेकाले त्यसपछाडि नलाग्न आग्रह गरेका छन् । आफूहरू ओलीको ‘गतल कार्यशैलीको विरोधमै रहेको’ जानकारी गराउँदै उनीहरूले ‘पार्टी एकताका लागि पहल गरिरहेको’ बताएका छन् । बैठकमा सहभागी नेतृ पन्तका अनुसार केही नेता तथा मिडियाले ‘अपवाह फैलाएर खेल्न खोजेको’ भन्दै त्यसपछाडि नलाग्न आग्रह गरेको बताइन् । एमाले शीर्ष नेताबीच विवाद चर्किंदै गएपछि एमाले दोस्रो पुस्ता एकताका लागि अनौपचारिक छलफलमा छन् ।  ओली र नेपालबीच विवाद चर्किंदै गएपछि एमाले विभाजन उन्मुख पुगेको छ । दास्रो तहका नेताले एकता जोगाउँदै शीर्षनेतालाई मिलाउने प्रयास भने जारी नै राखेका छन् ।

    आन्तरिक छलफलमै वामदेव

    एमाले उपाध्यक्ष एवं पार्टी एकता संयोजक वामदेव गौतम आन्तरिक छलफलमै छन् । एमालेमा ओली र नेपाल दुई समूहमा विभाजित भएपछि गौतम कुनै समूहमा लागेका छैनन् । पार्टी एकता अभियानसमेत सञ्चालन गरेका गौतम र नेपाल समूहको एजेन्डा मिल्दोजुल्दो छ । गौतमले पनि २ जेठकै अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने बताउँदै आएका छन् । नेपालजस्तै गौतमसमेत ओलीको कार्यशैलीको विरोधमा छन् । पार्टीमा फर्किन ओलीले केही दिनअघि आग्रह गरेपछि उनले आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएका थिए ।

    अहिले गौतमले आफूनिकट केन्द्रीय सदस्य, बुद्धिजीवि, विश्लेषकलगायतस“ग छलफल गर्दै पार्टी एकताबारे सुझाव लिइरहेका छन् । गौतमले बिहीबार भर्चुअल संवादमार्फत छलफल गर्दै पछिल्लो राजनीतिक अवस्थाबारे ‘पार्टी एकता कसरी गर्न सकिन्छ ?’ भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् ।

    पुनर्गठनकै पक्षमा भ्रातृ संगठन

    यसैबीच, नेपाल समूहनिकट १७ भ्रातृ संगठन प्रमुख एवं प्रतिनिधिले २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्न अध्यक्ष ओली सहमत नभए पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी जारी उनीहरूले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को पार्टी नेतृत्व, विधान, कमिटीअनुसार अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.