देवघाट । तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय अवैध रुपमा गिट्टी, वालुवा उत्खनन् भएका साथै जनप्रतिनिधिहरुका कारण विभिन्न वेथिति विकृतिहरु बढेको भन्दै देवघाटका युवाहरुको समूहले गाउँपालिका समक्ष १४ बुदे माग पत्र पेश गरेका छन । १४ बुदे मागपत्र पेश गर्दै २४ घण्टाको अल्टिमेटम दिएको आन्दोलनरत युवा गणेश थापाले बताएका छन । माग पुरा नभएमा तत्काल सशक्त आन्दोलन गर्ने युवाहरुले जनाएका छन ।
पछिल्लो समय गाउँपालिकामा जनप्रतिनिधिहरुबाटै विकृति विसंगति बढ्दै गएको भन्दै युवाहरुले आफ्नो प्रश्न को जवाफ माग्दै गाउँपालिका घेराउ गरेका थिए । तर गाउँपालिकाका अध्यक्ष दुर्गा थापालाई अवगत हुदा हुदै सम्पर्कमा आउन नखोज्ने लुकेर बस्ने जस्ता हर्कत देखाएपछि आन्दोलन को चरण निर्माण गरेको स्थानीय युवा अमृत घिमिरे बताए । स्थानीय युवा सन्दीप ढकालका अनुसार जनता अहिले कोभिडका कारण घर भित्र बस्न बाध्य छन तर गाउँपालिका का जनप्रतिनिधि हरु विभिन्न बहानामा पैसा उठाउने तर्फ लागेका छन ।
जसले भोलीका दिनमा सिङ्गो देवघाट लाई असर गर्दछ । मनपरि तरिकाले ३० लाख राजस्व छुट गर्ने देखि नेपाल सरकारकै नियम विपरीत गइ घाटमा स्काइवेटर प्रयोग गर्न दिने जस्ता नाजायज हर्कतको विरोध गरेको उनीले बताए । आन्दोलनरत एक युवा का अनुसार मापदण्ड विपरीत उत्खनन मा पत्रकार ले रिपोर्टिङ गर्दै गर्दा र जिल्ला समन्वय समितिको निर्देशनमा प्रहरीले सो काम रोक्न स्काइवेटरको चाबी नियन्त्रणमा लिदै गर्दा पत्रकार माथी धम्की र ५ मिनेट भित्र कार्यकारीको निर्देशन बिनै नियन्त्रणमा लिएको स्काइवेटरको चावी जनप्रतिनिधिबाटै फिर्ता गर्दै गर्दा जनप्रतिनिधिको पनि केही मिलेमतो छ कि भन्ने प्रश्न सिर्जना गर्छ । त्यसैले जनप्रतिनिधिलाई पनि शंकाको घेरामा राखेर जनप्रतिनिधिहरु माथी पनि छानबिन हुन पर्ने बताए ।








