भरतपुर । नेपाली कांग्रेस भरतपुर ५ ले वडा भित्र रहेका अति बिपन्न तथा सुकुम्बासीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना महामारी समुदाय स्तरमा फैलिसकेको अबस्थामा सुरक्षित बनाउन आफ्नो वडा भित्र रहेका बिपन्न परिवार तथा सुकुम्बासीहरूलाई स्वास्थ्य सामाग्री बितरण गरेको हो।
अति बिपन्न तथा सुकुम्वासीहरुको घरमा कोरोना माहामारीको समयमा खान लगाउन समेत समस्या भइरहेको छ कांग्रेसका वडा सभापति बिष्णु प्रसाद धितालले भने तर हामि दैनिक काम गरेर खाने मजदुर काममा निस्कदा स्वास्थ्य सजगता अपनाउन भनेर जनस्तरबाट रकम संकलन गरेर स्वास्थ्य सामाग्री प्रदान गरेका हौं ।
राज्यबाट पनि बेवास्ता गरिएकोले निम्न आय हुने बिपन्न अबस्थामा रहेका वडा भित्रका ३५० घरधुरीलाई कोरोना संक्रमण हुन सक्ने जोखिम देखिएकोले स्वास्थ्य सामाग्री बितरण गरिएको नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य तथा युवा नेता नविनराज पौडेलले बताउनुभयो । उहॅाले नेपाली कांग्रेस वडा कार्य समीती भरतपुर ५ को संयोजनमा गरिएको कार्यक्रम प्रभाबकारी भएको र संकटमा कांग्रेस छ है भन्ने सन्देश दिएको बताउनुभयो ।
नेपाली कांग्रेस भरतपुर ५ का कार्यसमिति सदस्यहरु , नेपाल रेडक्रस सोसाईटी उपशाखाका प्रतिनिधि लगायतका सामाजिक ब्यक्तित्वहरुको उपस्थितीमा रामबाग,तोरीखेत,कैलाशनगर,नारायणपुरमा अब्यबस्थीत रुपमा छरिएर रहेका सुकुम्बासी तथा अति बिपन्न घरपरिवारलाई सामाग्री बितरण गरिएको थियो ।
कोरोना महामारी झन्झन् बढिरहेको अबस्थामा स्थानिय सरकार र वडाले कुनै खाले सहयोग नगरेको गुनासो अति बिपन्न तथा सुकुम्बासीहरूको छ ।स्वास्थ्य सामाग्री पाए पछि खुसी हुदै उनिहरुले संक्रमणको जोखिम धेरै थियो कांग्रेसले सम्झियो हामि धन्यबाद दिन्छौं स्थानिय राजु नेपालीले भने खान लगाउन समेत समस्या भएको छ ,स्थानिय सरकार पनि कता छ थाहा छैन यो अबस्थामा जोखिम कम गर्न कै लागि भए पनि सहयोग गरिदिनुभयो आभारी छौ ।
सहयोग कार्यक्रम नेपाली कांग्रेस भरतपुर ५ का संयोजक बिष्णु प्रसाद धितालको संयोजकत्वमा सम्पन्न भएको थियो भनेर सचिबहरू नेत्रनारायण आचार्य र ईन्द्र मणि गैरेले सहजिकरण गर्नुभएको थियो । यसअघि नै नेपाली कांग्रेस भरतपुर ५ ले वडालाई कोरोना महामारी नियन्त्रण तथा संक्रमितको ब्यबस्थापनका लागि आईसोलेसन बनाउन आफ्नो पार्टी कार्यालय पनि निशुल्क प्रदान गर्ने घोषणा गरिसकेको छ ।








