काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ । बर्दिया नार्खु ११ का २८ वर्षकी महिला, सिराहा सखुवा–१९ का ३० वर्षका पुरुष, विरगन्जका नगरपालिका–१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर– ४ का १८ वर्षकी युवती र चितवन गढौली १ का २५ वर्षकी युवतीमा आज कोरोन भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनकारी दिए ।








