काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७०० ले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला १५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








