• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लकडाउनमा चेपाङको पीडा : अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल

  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० लोतन्तीका रामबहादुर चेपाङ ओछ्यान परेको २ वर्ष बित्यो । सहाराको रूपमा रहेकी एकमात्र छोरी रामकुमारी चेपाङको आश्रयमा उनी बस्दै आएका छन् । छोरी रामकुमारीको अवस्था पनि दयनीय नै छ । ७० वर्षीय बुबालाई स्याहार गर्दै आएकी रामकुमारीले भनिन् – बिरामी र अशक्त बुबाको हेरचाह एकातिर छ भने अर्कोतर्फ २२ जनाको ठूलो परिवार आफै समस्यामा रहेको उनी बताउँछिन् ।

    ८ जना दाजुभाइ मध्ये घरको साहिली बुहारी रामकुमारीको ठूलो परिवारमा न त घरमा खाने अन्न छ, न त बस्ने ठाउँ नै । बिरामी बुबा सहित २२ जनाको परिवार कोही पालीमा, कोही चोटामा त कोही अगेनाको छेउमै ओछ्यान लगाएर सुत्नुपर्दछ, उनले भनिन् । उनको घरमा अगाडि पिढीँमा अशक्त बुबालाई सुताइ राखिएको थियो भने साना बच्चा झोलुङ्गामा हल्लिरहेकी थिइन् । ठूलो परिवार काम के गर्ने भन्ने रनभुल्लमा परिवारका सदस्यहरू देखिन्थे । लकडाउन हुनुभन्दा अगाडि भने ज्याला मजदुरी गर्ने परिवारका सदस्य पनि काम नपाउँदा घरमै बस्न बाध्य छन् ।

    बिहान बेलुकाको छाँक टार्ने समस्या एकातिर छ भने अर्कोतर्फ बिरामी बुबाको उपचार कसरी गर्ने भन्ने पनि आफूलाई पिरलो परेको रामकुमारी बताउँछिन् । पाखो बारीको अन्नले ३ महिना पनि मुस्किलले पुग्ने यो परिवारले गिठ्ठा भ्याकुर पनि भरी पेट खान पाएका छैनन् । कुनै छाँक छिमेक, गाउँघरबाट पैचो मागेर खाने गरेका छौँ भने कहिले गिठ्ठा भ्याकुर खादै आएका छौँ, उनले भनिन् । परिवार ठूलो हुनाले अन्न त कता हो कता गिठ्ठा भ्याकुर पनि पेटभरी खाने अवस्था छैन, रामकुमारीका माहिला जेठाजु आकाश चेपाङले भने । सोही गाउँकी विष्णुमाया चेपाङको परिवार पनि १३ जनाको छ । ४ छोरा र ३ छोरी सहित नातिनातिना घरभरी छन् ।

    विष्णुमाया घरको ढोकाको छेउमा गिठ्ठा काट्दै थिइन् भने उनकी ३ वर्षको नातिनी घरको चोटाबाट हजुरआमाले काटेको गिठ्ठाको थाल हेर्दै थिइन् । खै के सोच्दै हेरिन्, अनुमान गर्न सहजै सकिन्छ कि बिहानको खाना कतिबेला पाक्छ भनेर होला । उनको घरभित्र पनि अन्नको दाना केही पनि देख्न सकिँदैनथ्यो । कहिले पाइयो भने गाउँघरबाट कोदो मकै ल्याएर खान्छौँ नभए गिठ्ठाको भरमा परिवार पाल्दै आएको विष्णुमायाले बताइन् । उनको परिवार पनि ज्याला मजदुरीले नै परिवार धान्दै आएको थियो । सो लोतन्ती गाउँका अतिरिक्त टुडीखेल गाउँ, छ्यासिलिङ गाउँ, क्यान्सिराङ गाउँको पनि अवस्था उस्तै छ

    । सो गाउँका ६८ घरपरिवारमा अहिले अनिकाल लागेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकलाल चेपाङले जानकारी दिए । कालिका नगरपालिकाकै वडा नं. ९ को राजवन, सम्फ¥याङ, चाइनाराङ, भ्युरान लगायतका गाउँमा पनि खाद्यान्न अनिकाल लागेको स्थानीय लक्ष्मी चेपाङले जानकारी दिइन् । स्थानीय ३५ घरपरिवार दैनिक गुजारा टार्न पनि समस्यामा रहेको उनले बताइन् ।

    कालिका नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष दिलबहादुर गुरूङले चेपाङ गाउँमा कोरोना महामारीले गर्दा बिहान बेलुका छाँक टार्न समेत समस्या भएको बताउँदै ज्याला मजदुरी गर्ने गाउँलेहरूले काम नपाउँदा गिठ्ठा भ्याकुरको भरमा परिवार पाल्नु परेको बताए । चेपाङ अभियन्ता तथा पत्रकार केपी किरण शर्माले सो गाउँमा चेपाङको बिचल्ली भएको बताइदै देश बिदेशमा हुने सहयोगी दाताहरुलाई उनीहरुको लागि सहयोग गरिदिन अनुरोध समेत गरे ।

     

     

    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • २.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ४.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ५.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ६.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ७.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ८.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.