हेटौडा । मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ दोहन तथा उत्खनन् गर्दै गरेको अवस्थामा पक्राउ परेका सवारी साधनलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाको ९ र १५ साथै बस्तिपुरमा रहेको खोलाबाट पक्राउ परेका ६ वटा ट्याक्टर, २ वटा ट्रिपर र एउटा जेसिबीलाई कारबाहीका लागि जिल्ला समन्वय समिति र सम्बन्धित स्थानिय तहमा पठाइएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्लाबाट खटिएको टोलीले शुक्रबार र शनिबार गरी ती सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । मकवानपुर प्रहरीले बैशाखदेखि हालसम्म ४६ वटा ट्याक्टर, ३ वटा ट्रिपर र स्काभेटर र जेसिबी १÷१ गरी कुल ५१ वटा सवारी साधनलाई कारबाहीका लागि पठाइएको जानकारी दिएको छ ।








