काठमाडौ । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । महाशाखा अनुसार हाल देशका केहि पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखा अनुसा यस्तो छ आजको मौसम
२०७८ जेठ २४ गते (सोमबार)
दिउँसो: प्रदेश १,२ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।








