चितवन । मनसुनी प्रणाली देशैभरि फैलिएको छ । गएको शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अहिले देशका सबैजसो ठाउँमा बादल लागेको, पानी पनि परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बाँकी ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको छ ।
आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।








