• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आन्तरिक राजश्व कार्यालय, भरतपुरको ज्येष्ठ महिनाको राजश्व असुली ४३ प्रतिशत

  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक बर्ष ०७७, ०७८को बैशाख महिनामा लक्ष्य भन्दा १५ प्रतिशत राजश्व असुली गरेको आन्तरिक कार्यालय भरतपुरले ज्येष्ठ महिनामा लक्ष्यभन्दा झण्डै ६० प्रतिशत कम राजस्व असुली गरेको छ । कार्यालयले ज्येष्ठ महिनामा लक्ष्यको अनुपातमा ४३ दशमलब ११ प्रतिशत राजश्व मात्र असुली गरेको हो । जसअनुसार ज्येष्ठ महिनामा सबै शिर्षक गरी १ अर्ब ३ करोड ८० लाख ९० हजार असुली भएको छ । यस महिनामा कार्यालयले २ अर्ब ४० करोड ७८ लाख ८१ हजार राजश्व असुलीको लक्ष्य लिएको थियो ।

    कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख दोस्रो सातादेखि निषेधाज्ञा लागू गरिएपछि आर्थिक कारोबार ठप्प हुंँदा यसको असर राजस्व असुलीमा परेको हो । सबै भन्दा बढी अन्तःशुल्क शिर्षक अन्तर्गत राजश्व असुली गर्ने कार्यालयले निशेधाज्ञाका कारण यस महिनामा यो शिर्षकको असुली पनि भारी गिरावट आएको छ । यस्तै स्वास्थ्य सेवा कर शिर्षकमा राजश्व असुली लक्ष्य र असुली पनि शुन्य छ ।

    आन्तरिक राजस्व विभागले अन्तःशुल्क शीर्षकमा २ अर्ब ४ करोड १४ लाख ६० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ८४ करोड ३९ लाख ६७ हजार रुपैयाँ असुली गरेको छ । कार्यालयले यो महिनामा व्याजकर बाहेक अन्य शिर्षकमा लक्ष्य भेट्न सकेको छैन । यस शिर्षकमा १९ लाख ९ हजार लक्ष्य लिएकोमा २६ लाख ४१ हजार राजश्व असुलेको छ । यस्तै आयकर शीर्षकमा १६ करोड ३० लाख २१ हजार रुपैयाँको लक्ष्य दिइएकोमा ४ करोड ५ लाख ७२ हजार, मूल्य अभिवृद्धि करतर्फ १९ करोड ८७ लाख १२ हजार रुपैयाँको लक्ष्य रहेकोमा १४ करोड ९६ लाख ८७ हजार , यस्तै बहाल कर शीर्षकमा १ लाख ८९ हजार रुपैयाँको लक्ष्यमा २२ लाख ३५ हजार रुपैयाँ र शिक्षा सेवा करमा ७२ हजार रुपैयाँ लक्ष्य दुई हजार रुपैयाँ मात्र राजस्व असुली भएको छ ।

    कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले डेढ महिना अघि देखिको निशेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प जस्तै भएकोले राजश्व असुलीमा भारी गिराबट आएको बताए । ‘जब आर्थिक गतिविधि , कारोबार चलायमान हुन्छ त्यतिनै आम्दानी हुने हो सोही अनुसार कर असुली बढ्ने हो ।’उनले भने । व्याजकर शिर्षकमा पुरानो तिर्नुपर्ने बक्यौता बढी असुली भएकाले ज्येष्ठ महिनामा यस शिर्षकमा लक्ष्य भन्दा बढी असुली भएको उनको भनाई छ । यो कार्यालयको अधिकांश राजश्व संकलन मदिरा तथा सुर्तीजन्य पदार्थको करबाट निर्भर भएकोले यसको कारोबार केही प्रतिशत मात्र गिराबट आउंँदा ठूलो असर पर्ने गर्दछ ।

    ‘यसपटकको बजेट बक्तव्य हुंँदा निषेधाज्ञा जारी थियो, सूचना अधिकारी नेपालले भने, यो कतिसमय लम्बिन्छ भन्ने अन्यौल हुंँदा खरीद गरेर राखेनन ।’ यसअघिका बर्षहरुमा बजेट बक्तब्यभन्दा अघि मदिराजन्य व्यवसायीले खरीद गरेर भण्डारण गर्ने गर्दथे । यो निशेधाज्ञाको अवधिमा मदिरा उद्योग र ढुवानी खुलेपनि निशेधाज्ञामा मदिरास्टोर्स सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएको कारण पनि यसको असर राजश्वमा परेको नेपालले बताए । यही अनुपातमा राजश्व असुली भएमा चालुआबमा कार्यालयले विभागले दिएको बार्षिक लक्ष्य भेट्टाउन सक्ने अवस्था छैन ।

    चालू आवको ११ महीना अवधिमा विभागले १७ अर्ब ४७ करोड ६९लाख १२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा १५ अर्ब ८ करोड ७५ लाख ६४ हजार रुपैयाँ असुली भएको छ । विभागले कार्यालयलाई चालू आवमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.