• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

हेलम्बु क्षेत्रमा लगातार वर्षा, अझै घटेन इन्द्रावती र मेलम्चीमा बाढी

  •   शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक। मेलम्चीमा विनाशकारी बाढी आएको ६० घन्टा बितिसकको छ । तर, मेलम्चीवासीको आँखाबाट त्रास अझै हटेको छैन । न वासको ठेगान छ, न गाँसको । अझ, मेलम्ची र इन्द्रावती खोला केहीबेर घटे जस्तो हुने र फेरि बढिहाल्ने गरेकाले उनीहरू बेचैन छन् । गत आइतबारदेखि मडारिएको बादल अझै हटेको छैन । बिहीबार दिउँसो पनि बाढीग्रस्त क्षेत्रको आकाश मडारिएकै थियो । दिउँसै अँध्यारो परेजस्तो देखिन्थ्यो । हेलम्बु र पाँचपोखरी–थाङपालको यांग्री र लार्के क्षेत्रमा पहिरोका स्पष्ट संकेत अझै देखिएका छन् ।

    मेलम्ची खोला र इन्द्रावती नदी अहिले पनि धमिलै छ । बालुवा र लेदो मिसिएको बाढी कुनै पनि वेला पुनः बस्तीमा पस्न सक्ने त्रास स्थानीयमा कायमै छ । मंगलबारको बाढीले मेलम्चीदेखि हेलम्बुको तिम्बुसम्मको भाग पर्ने तीनवटा पक्की पुल बगाएकाले टुटेको मेलम्ची, हेलम्बु र पाँचपोखरी–थाङपालबीचको सम्पर्क अझै जोडिन सकेको छैन । सञ्चार सम्पर्क अझै विच्छेद नै छ । मेलम्ची बजारदेखि एक किलोमिटर उत्तरसम्म मुस्किलले मोटरसाइकल जान्छ । बाढीसँगै बगेर आएको लेदो नपन्छ्याई आवतजावत गर्न सक्ने अवस्था छैन ।

    बिहीबार बागमती प्रदेशका सांसद युवराज दुलाल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनसहितको टोलीले सडकको लेदो पन्छ्याएर सडक सुचारु गराउन प्रयास गरेका थिए । तर, मेलम्ची खेलामा पुनः बाढी आएकाले बीचैमा रोकियो । साँझ पुनः लेदो पन्छ्याएर मेलम्ची–हेलम्बु जोड्ने मूल सडक चलाउने प्रयास गरिए पनि पूर्ण रूपले सफल हुन सकेन । हिलो पन्छ्याएर चनौटेसम्म पुग्न सक्ने अवस्था भने बनेको छ । मेलम्ची दोभान र पुलबजारको पक्की पुल बगेकाले पाँचपोखरी–थाङपाल जाने रुट पनि अवरुद्ध छ ।

    इन्द्रावती गाउँपालिकाका थुप्रै बस्ती, मेलम्ची र बाहुनेपाटीसँग टुटेका छन् । हेलम्बुको पाल्चोक क्षेत्रबाट पाँचपोखरी–थाङपाल पुग्ने यांग्रीको झोलुंगे पुल पनि बगाएकाले वारिपारि आउजाउ बन्द भएको छ । स्थानीय गाउँहरूबीच नै सम्पर्क विच्छेद हुँदा राहतको काम समेत प्रभावकारी हुन सकेको छैन । तीन स्थानीय तहका थुप्रै बस्ती अहिले सम्पर्कविहीन भएकाले जोड्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बताए । त्यसका लागि प्रजिअ पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल, हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा, पाँचपोखरी–थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र सुरक्षा निकायका प्रमुखबीच बिहीबार छलफल भएको छ । सडक सम्पर्क नहुँदा विभिन्न ठाउँबाट आएका राहत हेलम्बु र पाँचपोखरीतर्फ लान नसकिएको जिसस प्रमुख तामाङले बताए ।

    हेलम्बुमा सबैभन्दा बढी क्षति बाढी अझै पनि आइरहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन । तर, तुलनात्मक रूपमा सबैभन्दा बढी क्षति हेलम्बुमा पुगेको देखिने स्थानीय जनप्रतिनिधिको भनाइ छ । हेलम्बु क्षेत्रबाट बेपत्ता भएका २० जनामध्ये १८ जना अझै फेला परेका छैनन् । प्रहरीका अनुसार दुई चिनियाँ नागरिकको शव फेला परेको छ । दुवैको सनाखत भएको छ । प्रजिअ पोखरेलले दुई चिनियाँ नागरिक यु ची झु र गोङ टियान छियोको शव भेटिएको बताए । हेलम्बुमा एक सय ५० घर बाढीले पुरेको छ ।

    झन्डै ५० घर डुबानमा परेका छन् । दुई सय विस्थापित भएका छन् । करिब पाँच सय स्थानीय खोला किनारमा रहेका घर छोडेर भागेका छन् । विस्थापितमध्ये कोही किनारमाथिका गाउँमा, कोही छिमेकको शरणमा र कोही पाल टाँगेर खुला चौरमा बसेका छन् । मेलम्ची नगरका प्रमुख डम्बर अर्यालले ४० करोड रुपैयाँ बराबरका विकास निर्माणका संरचना बाढीले ध्वस्त पारेको बताए । ‘मेलम्चीमा अर्बौ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ,’ नगर प्रमुख अर्यालले भने, ‘४० करोड बराबरको नगरपालिकाले बनाएको संरचना ध्वस्त भएको छ ।’

    उनले ७० घर पुरिएको, ३० घर नदीको कटानमा परेको र सय परिवार विस्थापित भएको जानकारी दिए । पाँचपोखरी–थाङपालका अध्यक्ष टासी लामाले दिएको जानकारीअनुसार यांग्री र लार्केको बाढीले तीन घर बगाएको छ । ६५ घरलाई कटान गरिरहेको छ ।

    यांग्रीमा रहेको एक सय १० मिटर लामो झोलुंगे पुलसहित अन्य दुई खोलाको झोलुंगे पुल बगाएको छ । यांग्री एकेडेमी विद्यालयको दुईटा भवन, स्वास्थ्य एकाइ भवन र अन्य दुईवटा सरकारी भवन बगाएको छ । मेलम्ची, हेलम्बु र पाँचपोखरी–थाङपाल मात्रै होइन, गाउँगाउँ पुग्ने झोलुंगे पुल पनि बगाएकाले आवतजावत बन्द भएको छ ।

    नेपाली सेनाले हेलम्बु पुर्‍यायो टेन्ट र खाद्यान्न

    सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाले हेलम्बुको किउलमा हेलिकोप्टरबाट खाद्यान्न र टेन्ट पु¥याएको छ । गणेशे बगरमा निजी जग्गा भाडामा लिएर नेपाली सेना र गाउँपालिकाका कर्मचारी मिलेर धमाधम टेन्ट ठड्याइरहेका छन् । गणेशे बगरमा पसल चलाउँदै आएकी स्थानीय सुप्रभा गिरीका अनुसार बाढीले घरखेत सबै बगाएर बिचल्लीमा परेका २० घरका लागि सेनाले टेन्ट खडा गरेको हो ।

    उनीहरूका लागि केही दिनलाई पुग्ने रासन पनि सेनाले हेलिकोप्टरबाट किउलमा झारेको छ । टेन्ट ठड्याइरहँदा पनि हेलम्बु क्षेत्रमा वर्षात भइरहेकाले सबै विस्थापितका लागि वास बनाउन सकिएको छैन । हेलम्बु क्षेत्रमा बिहीबार अबेरसम्म पनि भारी वर्षात भइरहेकाले जोखिम कायमै छ । नयाँ पत्रिका दैनिकबाट

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.