• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कांग्रेस महाधिवेशन सरेको सर्‍यै

  •   शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । साढे तीन वर्षअघि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको राजीनामा मागे। चार, आठ, सोह्र भाइसहितका विभिन्न गुट, उपगुट र समूहहरू दिनहुँजसो भेलामा जुटे। सभापति देउवामाथि केन्द्रीय समितिभित्र र बाहिरबाट दबाब दिन असन्तुष्ट पक्ष सक्रिय रह्यो। निर्वाचनमा पार्टीको पराजयपछि देउवाले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मात्र होइन, पार्टीको विशेष महाधिवेशनबाट उनलाई हटाउनुपर्ने धारणा पनि केही नेताले राखे।

    तर विशेष महाधिवेशनका लागि विधि र विधानसम्मत निर्णय प्रक्रिया अघि बढेन। निर्वाचन पराजयको राप सेलाउँदै जाँदा सभापति देउवाविरुद्धको आक्रोश पनि मत्थर हुँदै गयो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने दाबी गर्ने युवा नेताहरूले पार्टीको अर्ली महाधिवेशनको मुद्दा बाहिर ल्याए। उक्त विषय कांग्रेसमा केही महिना चर्चामा रहे पनि साढे तीन वर्षमा कांग्रेसको विशेष वा अर्ली महाधिवेशन होइन, नियमित महाधिवेशनसमेत हुन सकेन। चार वर्षभित्र पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने विधानमा व्यवस्था छ।

    २०७६ को फागुनमै चार वर्षे कार्यकाल गुजारेको कांग्रेसले विधानको विशेष व्यवस्थालाई टेक्दै एक वर्ष कार्यकाल बढायो। त्यसबीचमा महाधिवेशन गर्न कांग्रेसले मिति पनि तोक्यो। तर पार्टीभित्रको आन्तरिक विवाद, क्रियाशील सदस्यता वितरण र कोरोना भाइरसको संक्रमणका कारण कांग्रेसको १४औं महाधिवेशन हुन सकेन। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र वितरण कांग्रेसले दुई वर्षअघिदेखि सुरु गरेको थियो। तर, अहिलेसम्म सकिएको छैन।

    संगठन समायोजन, सदस्यता वितरणको काम नसकेको कांग्रेसले २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४औं महाधिवेशन कोरोना भाइरसको संक्रमणलाई देखाउँदै स्थगित ग¥यो। संवैधानिक व्यवस्थाको सहारा लिँदै कांग्रेस केन्द्रीय समितिको बैठकले २०७८ भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक ग¥यो। तर कोरोना भाइरसको दोस्रो लहर र आन्तरिक विवादका कारण पछिल्लो कार्यतालिका पनि पूर्ण रूपमा प्रभावित मात्र भएको छैन, भदौमा महाधिवेशन हुनेमा पनि संशय उत्पन्न भएको छ।

    पार्टीको वैधता कसरी जोगाउन सकिन्छ भनेर कांग्रेसभित्र छलफल र बहस जारी रहेका बेला कोरोना भाइरसको संक्रमणकै बीच भदौमै महाधिवेशन गर्ने पदाधिकारी र पूर्वपदाधिकारीसहितले समझदारी गरे। जेठ २९ गतेको बैठकले महाधिवेशनको अन्तिम मिति नौ दिन पर धकल्दै नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्नेगरी फेरि पछाडि सारिएको छ। नागरिक दैनिकले खबर छापेको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.