काठमाडौं । नेपालमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा मात्रै ४६ पुरुष र एक महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा परीक्षण गर्दा उनीहरुमा पोजिटिभ पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए । यस्तै विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा परीक्षण गर्दा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका एकरएक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिए । उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको उनले जानकारी दिए । नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।








