काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार प्रतितोलामा ८ सय रुपैंयाँ घट्दै ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५५० रुपैयाँ रहेको छ । सुनको मूल्य बिहिबार र शुक्रबार क्रमश: १ हजार १ सय रुपैयाँ र एक हजार २ सय रुपैंयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








