काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा काठमाडौं उपत्यकामा एक साता थप गरिएको । अब काठमाडौं उपत्यकामा आगामी असार १४ गतेसम्म निषेधाज्ञा लागू हुने छ। अबको निषेधाज्ञा भने खुकुलो हुने छ।
अवको निषधाज्ञामा निजी सवारीलाई जोर बिजोर अनुसार चल्न दिइने निर्णय आज काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको हो ।








