काठमाडौँ । नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा ४ सय रुपैंयाँ बढ्दै ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८९ हजार ९५० रुपैयाँ रहेको छ । सुनको मूल्य बिहिबार, शुक्रबार र आइतबार क्रमश: १ हजार १ सय रुपैयाँ, एक हजार २ सय रुपैंयाँ र ८ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








