• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

को बन्ला कांग्रेसको नयाँ नेतृत्वकर्ता ? दोस्रो तहका नेता ?

  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाईल तस्विर

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।

    १४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वका लागि आफूलाई अघि सारेका छन्। युवा पुस्ताका केही नेताले आगामी महाधिवेशनबाट पहिलो पुस्तालाई बिदा गर्नुपर्ने बताइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाउँदै तयारीमा जुटेका हुन्।

    पूर्वसहमतिविपरीत देउवा फेरि पार्टी नेतृत्वको दौडमा खडा भएको भन्दै असन्तुष्ट उपसभापति निधिले दोस्रो तहका आकांक्षीहरूसँग छलफल थालेका छन्। एक वर्षअघि नै देउवासँग सभापतिको उम्मेदवार बन्ने इच्छा राख्दै अन्य नेताहरूसँग पनि भेटघाट गरेका निधिले सोमबार महामन्त्री शशांक र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएका हुन्। आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा शशांक र सिंहलाई आफ्नो निवासमा ‘लन्च मिटिङ’ आयोजना गरेको बताइए पनि नेताहरूबीच पार्टीभित्र नयाँ समीकरणका लागि छलफल थालिएको विश्लेषण गर्न थालिएको छ।

    संस्थापन र संस्थापनइतर समूहमा पहिलो पुस्ताका नेताहरू विकल्पका विषयमा बहस चलिरहेका बेला तीन नेताबीचको छलफलले नयाँ ध्रुवीकरणको संकेत गरेको छ।

    कांग्रेसका पुराना नेता रामचन्द्र पोखरेलले पार्टी संगठन र मुलुकका सामु गम्भीर चुनौती रहेका बेला तीन नेताहरूको लन्च मिटिङले नयाँ छलफल आरम्भ मात्र भएको बताउँछन्। अहिले नै निधि शशांक र सिंह मिलेर पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्छन् भन्न हतार हुने बताउँदै पोखरेलले थपे, ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछि कांग्रेसमा उहाँहरू (विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह) नै महत्वपूर्ण फ्याक्टरहरू हो। उहाँहरू तीनैजना एकै ठाउँमा बसेर छलफल गर्नु राम्रो कुरा हो। यसले महाधिवेशनको एउटा तरंग प्रारम्भ गरेको छ।’

    संविधान र संवैधानिक प्रक्रियामाथि नै प्रहार भइरहेको र कोरोना भाइरसको संक्रमणले पार्टीको महाधिवेशनका लागि पनि विशेष परिस्थिति सिर्जना भइरहेका बेला सर्वसम्मतिबाट नेतृत्व चयनका लागि यसले एउटा वातावरण निर्माण गर्न सक्ने उनको विश्लेषण छ। ‘आफ्नो इन्ट्रेस्ट मात्र राखेको हो भने यो विस (शुभेच्छा) मात्र हुन्छ,’ उनले भने, ‘होइन परिस्थितिको च्यालेन्जलाई सामना गर्ने कुरा हो भने नमिल्ने र नहुने के कुरा हुन्छ र ?’ अहिलेको चुनौतीको सामना गर्न टेस्टेड (परीक्षण भइसकेका) नेताहरू (देउवा र पौडेल) बाट सम्भव छैन भन्ने आवाज उठे पनि नयाँ पनि पार्टी र मुलुक सञ्चालन गर्ने भिजन, मिसनसहित नआएको कतिपयको बुझाइ छ। वंशजलाई आधार बनाएर तथा आन्तरिक झगडाको फाइदा उठाएर मात्र पार्टी नेतृत्वमा पुग्ने परम्परा विकास भएको भन्दै संगठन र मुलुक सञ्चालनका लागि योजना र कार्यक्रम दोस्रो तहबाट पनि नआएको बताए।

    नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधिको तराईमा अलगतै पहिचान भए पनि काठमाडौंलाई धेरै बेस बनाएको, शशांक कोइरालाले पनि महामन्त्रीका रूपमा आफ्नो क्षमता देखाउन नसकेको र पूर्वमहामन्त्री प्रकाशमान सिंहको काठमाडौंमा केही राम्रो भए पनि तीनैजनाले राष्ट्रिय राजनीतिमा आफूलाई प्रोजेक्सन गर्न नसकेको प्राध्यापक लोकराज बरालको बुझाइ छ। ‘उहाँहरू आ–आफ्नो पृष्ठभूमि र पारिवारिक ब्याकराउन्ड त छ तर त्यतिले मात्र पुग्दैन,’ बरालले भने। पार्टीभित्र सभापति देउवाको पकड कायम रहेको बताउँदै रामचन्द्र पौडेलसहित युवा पुस्ताका पपुलर नेताहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने बताउँदै उनले थपे, ‘तीनजनाको भरमा चाहिँ कठिन छ।’

    पार्टी नेतृत्वमा पुग्न नेता तथा कार्यकर्ताको भरोसा, विश्वास, सक्रियता, छवि, कार्यशैलीजस्ता कुरामा पनि भर पार्ने बताउँदै निधि, शशांक र सिंहलाई परिवारको लिगेसीको अतिरिक्त सुविधा मात्र पनि छ। पार्टी उपसभापति निधि महेन्द्रनारायणका पुत्र हुन् भने महामन्त्री शशांक कोइराला बिपीपुत्र हुन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह गणेशमान सिंहका पुत्र हुन्। बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिप्रति कांग्रेस नेता तथा कार्यकर्ताको गहिरो आस्था र विश्वास छ। उनीहरूजस्तो कांग्रेसमा अहिले ब्रान्ड भएको नेता नभएकाले लिगेसी बोकेका नेताहरू एक ठाउँमा उभिँदा पार्टीमा सकारात्मक तरंग आउन सक्ने कतिपय नेता तथा कार्यकर्ताको बुझाइ छ।

    व्यक्ति मिल्ने कुरा प्रधान नभएको बताउँदै केन्द्रीय सदस्य बलबहादुर केसीले अजेन्डा र पार्टीलाई मिलाएर लैजानु अहिलेको आवश्यकता भएको बताए। ‘व्यक्ति को कहाँ मिल्छ त्यसको खासै धेरै अर्थ छैन,’ उनले भने, ‘पार्टीलाई हामी यसरी मिलाएर लैजान्छौं, हाम्रा बाउबाजेले यसरी पार्टी चलाएका थिए, हामी यस्तो गर्छौ भन्ने आउनुपर्‍यो।’

    सभापति देउवाले पार्टीलाई मात्र नभएर आफ्नो गुटलाई पनि मिलाएर लैजान नसकेको तर्क गर्दै केसीले दुईदुईपटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै सिध्याउन खोजेकाले त्यसको रक्षाका लागि कांग्रेस एक हुनुपर्ने बताए। ‘यो सिस्टमलाई जोगाउन हामी (कांग्रेस) विपक्षी गठबन्धन बनाएर हिँडिरहेका छौं। तर पार्टीभित्रै एकता कायम गर्न नसक्नु राम्रो कुरा होइन,’ केसीले भने, ‘शेरबहादुरजीले हतार गर्नुभयो। पार्टीलाई एक बनाएर जानुपर्नेमा टिमभित्र पनि एकता कायम गर्न सक्नुभएन। सानो समूहमा मात्र रमाउनुभयो।’ यद्यपि १३औं महाधिवेशन रामचन्द्र पौडेलसँगै रहेका नेताहरू १४औं महाधिवेशनसम्म आइपुग्दा सँगसँगै हुनेनहुने निश्चित नभएको उनले सुनाए।

    पार्टीलाई अघि बढाउनेदेखि महाधिवेशनका विषयमा निरन्तर छलफलमा बस्ने समझदारी बनाएका तीन नेताले आगामी दिनमा सभापति देउवा, नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि छलफल गर्ने बताएका छन्। तीनैजना नेताले आफू नेतृत्वको प्रतिस्पर्धामा रहेको बताइरहेकै बेला केन्द्रीय सदस्य केसीले भने, ‘उहाँहरूले एकअर्कालाई कुन हदसम्म स्वीकार गरेर जान सक्नुहुन्छ, केही दिनमा आफैं भन्नुहोला। अहिले यस्तै हुन्छ भनेर हतार नगरौं। बल्ल सबैजना छलफलमा बस्ने क्रम सुरु भएको छ।’

    नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका निधि र पोखरा महाधिवेशनअघि काठमाडौंसहितका जिल्ला समिति विघटनपछि केन्द्रीय राजनीतिमा चर्चामा आएका सिंहबीच सुमधुर सम्बन्ध भने छैन। नेपाली कांग्रेसबाट विभाजन भएर गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकको महामन्त्रीमा सिंह र निधिको पहिलो वरीयतामा विवाद लामो समय चलेको थियो। दुई नेताबीच विवाद चुलिएपछि सभापति देउवाले उपसभापतिको पद थप गर्दै सिंहलाई महामन्त्री र उपसभापतिमध्ये एक पद रोजाएका थिए।

    सिंह उपसभापति रोजेपछि निधि महामन्त्रीमा बसेका थिए। त्यसपछि पनि दुई नेताबीच सम्बन्ध सुमधुर हुन नसकेको जानकारी दिँदै देउवाले निधिलाई बढी च्यापेको भन्दै सिंहले गुट परिवर्तन गरेका थिए। १२औं महाधिवेशनमा सुशील कोइराला प्यानलबाट सिंह र देउवाको प्यानलबाट निधि महामन्त्रीको प्रत्यासी बनेका थिए। स्वास्थ्य पेसा हुँदै पार्टी राजनीतिमा प्रवेश शशांक र पूर्वमहामन्त्री सिंहबीच पनि राम्रो सम्बन्ध छैन। सभापति देउवासँग संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गरेका सिंह आफ्नो प्रस्तावक नबसेको भन्दै शशांकसँग असन्तुष्ट छन्।

    कांग्रेसमा देउवा, पौडेल, निधि, शशांक, सिंहका अतिरिक्त शेखर कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, रामशरण महत, अर्जुननरसिंह केसीले पनि आफूलाई नेतृत्वको आकांक्षीका रूपमा प्रस्तुत गर्दै आएका छन्। सिंगो परिवार राजनीतिमा होमिँदा कोइराला परिवार सम्हालेका केशव तथा नेत्री नोनाका पुत्र शेखर १४औं महाधिवेशनमा हरहालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै तयारीमा जुटेका छन्।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.